

-
कञ्चनपुर । सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
“दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका महिलालाई पोषणयुक्त खानेकुराकै अभावमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने भएकाले त्यसको रोकथामका लागि पोषण कार्यक्रम सञ्चालन गरी भत्ताको रकम दिन थालेका छौँ ।”
कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि रु एक हजार २०० भत्ताबापत रकम दिइने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ ।
“कार्यक्रम सञ्चालन हुनुअघि सुत्केरी हुने अधिकांशलाई पोषणयुक्त खाना खानुपर्छ भन्ने जानकारीनै थिएन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “कार्यक्रम सञ्चालन गरिएपछि सुत्केरी हुनेलाई वडा कार्यालयमै बोलाएर स्वास्थ्यकर्मीमार्फत पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे जानकारी गरायौँ, त्यसका फाइदाका बारेमा जानकारी दियौँ, त्यसपछि भत्ताको रकम दिन थालेका छौँ ।”
पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो । वडामा सुत्केरी हुने र गर्भवतीलाई पोषणयुक्त खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको थियो । सुत्केरी भत्ताको रकम बुझ्न आएकी सीमा चौधरीले गर्भवती भएपछि वडा कार्यालयले दिने गरेको स्वास्थ्यसम्बन्धीको ज्ञानले परिवारले खानेकुरामा ख्याल राख्दै आएको बताउनुभयो ।
वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ । उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडा कार्यालयले उक्त कार्यक्रमअन्तर्गतको सुविधा दिने गरेको छैन । वडा कार्यालयले गत आवमा २८ सुत्केरीलाई भत्ताको रकम उपलब्ध गराएको थियो भने चालु आवको हालसम्म सातलाई भत्ताको रकम उपलब्ध गराएको छ । रासस
News Desk 0 response बिहिबार, माघ २, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



