

-
कञ्चनपुर । सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
“दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका महिलालाई पोषणयुक्त खानेकुराकै अभावमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने भएकाले त्यसको रोकथामका लागि पोषण कार्यक्रम सञ्चालन गरी भत्ताको रकम दिन थालेका छौँ ।”
कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि रु एक हजार २०० भत्ताबापत रकम दिइने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ ।
“कार्यक्रम सञ्चालन हुनुअघि सुत्केरी हुने अधिकांशलाई पोषणयुक्त खाना खानुपर्छ भन्ने जानकारीनै थिएन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “कार्यक्रम सञ्चालन गरिएपछि सुत्केरी हुनेलाई वडा कार्यालयमै बोलाएर स्वास्थ्यकर्मीमार्फत पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे जानकारी गरायौँ, त्यसका फाइदाका बारेमा जानकारी दियौँ, त्यसपछि भत्ताको रकम दिन थालेका छौँ ।”
पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो । वडामा सुत्केरी हुने र गर्भवतीलाई पोषणयुक्त खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको थियो । सुत्केरी भत्ताको रकम बुझ्न आएकी सीमा चौधरीले गर्भवती भएपछि वडा कार्यालयले दिने गरेको स्वास्थ्यसम्बन्धीको ज्ञानले परिवारले खानेकुरामा ख्याल राख्दै आएको बताउनुभयो ।
वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ । उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडा कार्यालयले उक्त कार्यक्रमअन्तर्गतको सुविधा दिने गरेको छैन । वडा कार्यालयले गत आवमा २८ सुत्केरीलाई भत्ताको रकम उपलब्ध गराएको थियो भने चालु आवको हालसम्म सातलाई भत्ताको रकम उपलब्ध गराएको छ । रासस
News Desk 0 response बिहिबार, माघ २, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१