

-
पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास गरि स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनरत् आशिष अधिकारी, सुबोध अधिकारी, आशिष पौडेल र जेनिस रेग्मीलाई सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही पचास हजार रूपैया सहित दोसल्ला ओढाएर ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभयो । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा स्नातक तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत साविकका गाउँ पञ्चायत र गाबिसबाट निर्वाचित उप प्रधानपञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा इन्द्रकुमारी गुरुङ, इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, चित्रबहादुर गुरुङ, गोलमान गुरुङ, प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, बिजय गुरुङ, तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ, र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुबेदी हुनुहुन्छ ।
गाउँसभा कै अवसरमा गत जेठमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित दोस्रोे अन्नपूर्ण म्याराथनमा चौथो स्थान प्राप्त गर्न सफल घान्द्रुकका सचिन गुरुङ र ५५ वर्षीया धावक मीनबहादुर विकलाई पनि सम्मान गरिएको छ । उहाँलाई जनही रु १० हजार नगद सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गाउँसभामा अध्यक्ष कुँवरले चालु आर्थिक वर्षमा सम्पन्न शाखागत प्रगति विवरण जानकारी गराउनुभयो । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६


सम्बन्धित शीर्षकहरु

सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
शुक्रबार, असार २०, २०८२-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२