-
पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी बसोबास गरि स्नातक तहमा चिकित्सा शिक्षा अध्ययनरत् आशिष अधिकारी, सुबोध अधिकारी, आशिष पौडेल र जेनिस रेग्मीलाई सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनही पचास हजार रूपैया सहित दोसल्ला ओढाएर ती उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभयो । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा स्नातक तहको उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख बलराम भुगाईले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत साविकका गाउँ पञ्चायत र गाबिसबाट निर्वाचित उप प्रधानपञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा इन्द्रकुमारी गुरुङ, इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, चित्रबहादुर गुरुङ, गोलमान गुरुङ, प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, बिजय गुरुङ, तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ, र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुबेदी हुनुहुन्छ ।
गाउँसभा कै अवसरमा गत जेठमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित दोस्रोे अन्नपूर्ण म्याराथनमा चौथो स्थान प्राप्त गर्न सफल घान्द्रुकका सचिन गुरुङ र ५५ वर्षीया धावक मीनबहादुर विकलाई पनि सम्मान गरिएको छ । उहाँलाई जनही रु १० हजार नगद सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गाउँसभामा अध्यक्ष कुँवरले चालु आर्थिक वर्षमा सम्पन्न शाखागत प्रगति विवरण जानकारी गराउनुभयो । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३