-
बागलुङ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर, साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो ।
सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानककारीदिनुभयो । “सामान्य उपचारका लागि पनि एक÷डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ ।
साग्दी साविक बाटाकाचौर गाविस वडा नं. १, ७, ८ र ९ को केन्द्र हो । धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ । स्वास्थ्य चौकी पायकमा नभएका बस्तीका सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने सरकारी नीति नै छ ।
स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ । दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ । वडा कार्यायलले स्वास्थ्य एकाइलाई रु. दुई लाख बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ ।
प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । स्वास्थ्य एकाइमा दुई अहेबसहित कार्यालय सहयोगी रहनेछन् । केही महिनाअघि गाउँपालिकाकै हुग्दीशीर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३