

-
काठमाडौँ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ । आगामी माघ ४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट एक हजार २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव फुयाँलले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष ग्योरोगीतर्फ ३८ र महिलामा पनि समान ३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ पनि समान १२ तौल समूहमा खेल हुनेछ । त्यस्तै प्रतियोगितामा ११० स्वर्ण, ११० रजत र २२० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको टिम च्याम्पियन टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार पाउनेछन् भने तेस्रो हुनेले रु २५ हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट महिला र पुरुष घोषित हुने खेलाडीले जनही रु १० हजार पाउनेछन् । प्रतियोगिताको दौरान सहभागी सातवटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई रु एक लाख ५० हजार बराबरको खेल सामग्री वितरण गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको खेल सातदोबाटोेस्थित नेपाल तेक्वान्दो एकेडमीको हलमा हुनेछ । रासस
News Desk 0 response मङ्लबार, पुस २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



