

-
काठमाडौँ । आम जनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको वैकल्पिक चिकित्साको सुदृढीकरणसम्बन्धी गोष्ठी समापनका अवसरमा वक्ताहरुले आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सा विधाहरुलाई सामूहिकरुपमा अगाडि बढाउन सकिए सबैको लागि स्वास्थ्य र मुलुकको समृद्धिमा सहयोग पु¥याउन सकिने धारणा राख्नुभयो ।
सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले वर्षौँदेखि वैकल्पिक चिकित्साको अभ्यास हुँदै आए पनि कतिपयको अझै मापदण्ड बन्न नसकेकाले विभागले त्यसतर्फ कार्य थालनी गरेको र सबै विधाका प्रतिनिधिहरु सम्मिलित वैकल्पिक चिकित्सा समिति गठन गर्न लागिएको जानकारी दिनुभयो ।
आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा डा धनिकलाल बर्खेलले सम्पूर्ण जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सबै वैकल्पिक चिकित्साका विधाहरुको सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो । विभागका उपमहानिर्देशक डा श्यामबाबु यादवले वैकल्पिक चिकित्साका मुख्य चार विधाहरु सोवारिग्पा, होमियोप्याथी, अक्युपन्चर, प्राकृतिक चिकित्साबीच अनुभव र ज्ञान आदान–प्रदान गर्न र यस्ता उपचार विधिहरुलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विभागले विभिन्न मापदण्ड निर्धारण, निर्देशिका तर्जुमा र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
विभागको आुर्वेद चिकित्सा महाशाखाका प्रमुख डा मुनकर्ण थापाले सबै वैकल्पिक उपचारका विधालाई अगाडि बढाउन नीतिगत र कानूनी व्यवस्था गर्न लागेको बताउँदै यसमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले पनि इमान्दारीपूर्वक जनतालाई स्वास्थ्य सेवा दिन सक्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक कृष्ण अधिकारीले नेपालमा प्रचलनमा रहेका विभिन्न वैकल्पिक उपचार पद्दतिहरुको प्रवद्र्धनका लागि एकीकृृतरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यी उपचार विधिहरुको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० मा स्वास्थ्य पर्यटनलाई उजागर गर्न सकिने सम्भावना औँल्याउनुभयो ।
सो अवसरमा सोवारिग्पाका तर्फबाट डा शेवाङ गुरुङ, होमियोप्याथीका तर्फबाट डा अम्बिकाप्रसाद ज्ञवाली, अक्युपञ्चरका तर्फबाट सुदर्शन बराल र प्राकृतिक चिकित्साका तर्फबाट डा सुनिल पौडेलले पनि विभागले सबै वैकल्पिक चिकित्सा विधाका आ–आफना विशेषता र महत्व रहेकाले तिनको समानरुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । विभिागका लेखा अधिकृत सूर्यप्रसाद भुषाल र आयुर्वेद चिकित्सक डा शारदा खनालले पनि गोष्ठीको महत्व र उपादयताका बारेमा प्रकाश पार्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो कार्यशालामा सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र चिकित्सक एवं स्वास्थ्यकर्मीहरु गरी २८ जनाको सहभागिता रहेको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस २९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



