

-
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।
महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनुहुने छ । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ ।
धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिनुभयो । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।
रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनुभयो । रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ ।
रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । रासस
News Desk 0 response सोमवार, पुस २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१