

-
दमौली । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भिमाद नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भिमाद नगरपालिका–८ भानुमतीमा बृहत् स्वास्थ्य शिविर शनिबारदेखि शुरु भएको छ ।
ग्रामीण भेगका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित हिमालय माविको प्राङ्गणमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क औषधि वितरण गरिने स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजलगायतको प्राविधिक सहयोगमा शुरु भएको शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्स–रे, जनरल मेडिसिन, प्रयोगशाला सेवा र आँखा उपचार सेवा प्रदान गरिनेछ ।
शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा विवेक राई, स्त्रीरोग विशेषज्ञ डा सविता थापा, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा रामकुमार श्रेष्ठ, डा राजकुमार गजमेर, हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा प्रकाश नेपालीलगायतले स्वास्थ्य परीक्षण गर्नुहुनेछ ।
ग्रामीण भेगमा विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरको आयोजना गरेपछि यहाँका स्थानीयवासी खुशी भएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हरेक व्यक्तिलाई स्वस्थ राख्ने सरकारको अभियान रहेको बताउनुभयो । स्वस्थ नागरिक भए मात्रै समृद्ध मुलुक बनाउने अभियानले सार्थकता पाउने भन्दै मन्त्री गुरुङले स्वास्थ्य उपचारबाट कोही पनि सर्वसाधारण वञ्चित हुन नपर्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “समृद्ध मुलुक बनाउने अभियानका लागि स्वस्थ नागरिक आवश्यक छ, जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ । हरेक व्यक्तिलाई स्वस्थ नागरिक बनाउनु सरकारको उद्देश्य हो । रासस
News Desk 0 response आइतवार, पुस २७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



