

-
धनगढी । ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन विभिन्न तीन समूहको लिग चरणका खेल सम्पन्न भएका छन् । यो प्रतियोगिता विभिन्न तीन विधामा भइरहेको बुद्धिचाल सङ्घका केन्द्रीय सदस्य धनबहादुर बोगटीले बताउनुभयो ।
प्रतियोगिताअन्तर्गतको खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि सातौँ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः रु २५ हजार, रु १५हजार, रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गर्न गरिनेछ ।
यस्तै विद्यार्थीतर्फको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः पाँच, तीन, र दुई हजार तथा चौथौ र पाँचौँ स्थान हासिल गर्नेलाई एक÷एक हजार पुरस्कार प्रदान गरिनेछ । महिलातर्फको खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच, तीन र दुई हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ७० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेशसभा सदस्य पूर्णा जोशीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२