

-
धनगढी । ‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन विभिन्न तीन समूहको लिग चरणका खेल सम्पन्न भएका छन् । यो प्रतियोगिता विभिन्न तीन विधामा भइरहेको बुद्धिचाल सङ्घका केन्द्रीय सदस्य धनबहादुर बोगटीले बताउनुभयो ।
प्रतियोगिताअन्तर्गतको खुला प्रतिस्पर्धातर्फ पहिलोदेखि सातौँ स्थान हासिल गर्नेलाई पुरस्कारस्वरुप क्रमशः रु २५ हजार, रु १५हजार, रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गर्न गरिनेछ ।
यस्तै विद्यार्थीतर्फको खेलमा पहिलोदेखि तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः पाँच, तीन, र दुई हजार तथा चौथौ र पाँचौँ स्थान हासिल गर्नेलाई एक÷एक हजार पुरस्कार प्रदान गरिनेछ । महिलातर्फको खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच, तीन र दुई हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ७० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेशसभा सदस्य पूर्णा जोशीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



