

-
काठमाडौँ । यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् ।
ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५–१४, २५–१३ र २५–१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो ।
यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३–१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३–२५, २५–१५, २५–१० र २५–१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३–१९, २५–१७ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।
यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२–२५, २३–२५, २५–१९, २५–२१ र १५–१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२–२५, २५–२०, २५–१६ तथा २५–१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो । अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५–१८, २५–२० र २६–२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताउनुभयो । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।
ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक
शुक्रबार, मंसिर १५, २०८०-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०