

-
काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् ।
त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे । ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काए । जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ ।
खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए ।
News Desk 0 response बुधबार, पुस २३, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक
शुक्रबार, मंसिर १५, २०८०-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०