-
भद्रपुर । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ ।
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताउनुभयो । पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा समस्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फेल भएको छ महिना अघि मात्र थाहा भएको थियो ।
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिसङ्कलन शुरु गरिएको जानकारी दिनुभएको छ ।
अर्थसङ्कलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ । झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भए पनि बिरामीको अत्यधिक भीड भएकोले विराटनगरमा लैजानु परेको मग्रातीले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३