

-
राजविराज । जिल्लाको अतिविकट मानिएको सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित मल्हनियामा स्वास्थ्यचौकीको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ ।
मल्हनिया निवासी गुलावदेवी यादवले स्वास्थ्यचौकी निर्माणका लागि सात कट्ठा जग्गा निःशुल्क प्रदान गरेपछि शहरी विकास मन्त्रालयको अनुदानमा रु दुई करोड ६० लाख ३० हजारको लागतमा उक्त स्वास्थ्यचौकी निर्माण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनुभयो ।
यस्तै आवतजावतका लागि मूल सडकदेखि नवनिर्मित भवनसम्म सडक निर्माणसमेत गरिएको छ । झण्डै रु २० लाखको बजेटमा गाउँपालिकाले सो ढलान सडक निर्माण गरेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रबाट सधैँ पछाडि रहेको मल्हनियामा निर्माण सम्पन्न भएको दुई तले भवनमा छ कोठा, १० शौचालय र तीन काउण्टर रहेका अध्यक्ष गोइतले बताउनुभयो ।
नेपाल सरकारबाट सात जनाको दरबन्दी र करारमा एक गरी उक्त स्वास्थ्यचौकीमा आठ कर्मचारी रहेका छन् । एक हेल्थअसिस्टेन्ट, एक सिनियर अहेब, दुई अहेब, तीन अनमी र एक कार्यालय सहयोगी छन् । सो स्वास्थ्यचौकीबाट २४ सैँ घण्टा बर्थिङ सेवाका साथै नेपाल सरकारको नियमअनुसार स्वास्थ्यचौकीबाट प्रदान गरिने सबै सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।
निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको जग्गादाता गुलाबीदेवी, उहाँका छोरा डा चन्द्रनारायण यादव, गाउँपालिकाका अध्यक्ष गोइत, उपाध्यक्ष रुवी गुप्ताले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सो क्रममा स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा दिने जग्गादाता गुलाबदेवी र उहाँका छोरा डा यादवलाई सोही कार्यक्रममा कदरपत्र र दोसल्ला ओढाइ गाउँपालिका अध्यक्ष गोइतले सम्मानसमेत गर्नुभएको थियो । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०