-
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नारासहित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको जनाएको छ ।
महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार ५५५, ट्रफी तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ उपसमिति गठन गरेर तयारी तीव्र पारिएको बताउँदै क्लबका अध्यक्ष नीरज शाहीले गण्डकी प्रदेशभित्रका क्लबलाई मात्र सहभागी गराइने बताउनुभयो ।
राष्ट्रपति रनिङशिल्ड माघ १० देखि
माछापुच्छ्रे गाउँपालिकाले आगामी माघ १० देखि १२ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।
गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबीचको स्पर्धामा विभिन्न एथ्लेटिक्स, भलिबललगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा १००, २००, ४००, ८०० र एक हजार ५०० मिटर छात्रछात्रा दौड, ४०० मिटर छात्रछात्रा रिलेदौड, छात्रछात्रा हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपुट, छात्रछात्रा भलिबल तथा कवड्डी समावेश गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो ।
विद्यालय तहबाट खेलकूद प्रतिभाको खोजी गर्दै संवद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्यसहित गत वर्षदेखि देशको सङ्घीय संरचनाअनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्लाको बराबरी
आइतवार, माघ ६, २०८११९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
शनिबार, माघ ५, २०८१एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१