

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा गोकर्णेश्वरले टोखा नगरपालिकालाई २५–१५, २५–५ र २५–१५ अङ्कले पराजित गरेको हो । समूह ‘बी’ बाट गोकर्णेश्वर नौ अङ्कसहित पहिलो तथा विदुर नगरपालिका छ अङ्कका साथ दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै अर्को क्वाटरफाइनलको खेलमा चन्द्रागिरिले आयोजक ललितपुर महानगरपालिकालाई २५–१८, १४–२५, २५–२१, १८–२५ र १५–११ अङ्कले हरायो । समूह ‘ए’ बाट चन्द्रागिरि नौ अङ्कसहित पहिलो तथा ललितपुर तीन अङ्कका साथ तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको छ । महिलातर्फको खेलमा हेटौँडाले विदुरलाई २५–१८, २५–१७ र २५–२३ अङ्कले पराजित गरेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुषतर्फ मङ्गलबार भएका क्वाटरफाइनलका खेलमा कागेश्वरी र गोकर्णेश्वर नगरपालिका विजयी भएका छन् । कागेश्वरीले बनेपा नगरपालिकालाई २५–२०, २६–२८, २६–२४ र ३१–२९ अङ्कले पराजित गरेको छ । यस्तै कागेश्वरीले गोदावरी नगरपालिकालाई २५–२०, २५–२१, २२–२५ र २५–२१ अङ्कले हरायो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक
शुक्रबार, मंसिर १५, २०८०-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०