

-
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मङ्गलबार भएको खेलमा गोकर्णेश्वरले टोखा नगरपालिकालाई २५–१५, २५–५ र २५–१५ अङ्कले पराजित गरेको हो । समूह ‘बी’ बाट गोकर्णेश्वर नौ अङ्कसहित पहिलो तथा विदुर नगरपालिका छ अङ्कका साथ दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै अर्को क्वाटरफाइनलको खेलमा चन्द्रागिरिले आयोजक ललितपुर महानगरपालिकालाई २५–१८, १४–२५, २५–२१, १८–२५ र १५–११ अङ्कले हरायो । समूह ‘ए’ बाट चन्द्रागिरि नौ अङ्कसहित पहिलो तथा ललितपुर तीन अङ्कका साथ तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेको छ । महिलातर्फको खेलमा हेटौँडाले विदुरलाई २५–१८, २५–१७ र २५–२३ अङ्कले पराजित गरेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुषतर्फ मङ्गलबार भएका क्वाटरफाइनलका खेलमा कागेश्वरी र गोकर्णेश्वर नगरपालिका विजयी भएका छन् । कागेश्वरीले बनेपा नगरपालिकालाई २५–२०, २६–२८, २६–२४ र ३१–२९ अङ्कले पराजित गरेको छ । यस्तै कागेश्वरीले गोदावरी नगरपालिकालाई २५–२०, २५–२१, २२–२५ र २५–२१ अङ्कले हरायो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



