-
जुम्ला । कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् ।
स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको गुनासो गर्नुभयो । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत छ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन् ।
औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकिएको बताउनुभयो । उहाँले औषधालयमा औषधि नहुँदा सेवासमेत ठप्प रहेको बताउनुभयो । औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भए पनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताउनुभयो ।
औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गर्नुभयो । चिसो महिना शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताउनुभयो । उहाँले केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जानकारी दिनुभयो । जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले औषधालयबाट सेवा लिँदै आएका औषधालयले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३