

-
जुम्ला । कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् ।
स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको गुनासो गर्नुभयो । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत छ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन् ।
औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकिएको बताउनुभयो । उहाँले औषधालयमा औषधि नहुँदा सेवासमेत ठप्प रहेको बताउनुभयो । औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भए पनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताउनुभयो ।
औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गर्नुभयो । चिसो महिना शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताउनुभयो । उहाँले केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जानकारी दिनुभयो । जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले औषधालयबाट सेवा लिँदै आएका औषधालयले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०