

-
तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनुभयो ।
बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थाल्नुभएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।
अधिकृत लामिछानेले अहिले पाँच जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिनुभयो । मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ ।
प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानमा रु दुई करोड बजेटसमेत विनियोजन भएको छ । रासस
News Desk 0 response सोमवार, पुस २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०