

-
हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो । जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । अस्पतालले परीक्षण स्वरुप आइसियु पनि सञ्चालन गरेको छ । जनशक्ति अभावका कारण हाल एउटा श्यया मात्र आइसियु सञ्चालनमा ल्याइएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालनमा आएसँगै अस्पतालमा परीक्षणको रुपमा रहेको सघन उपचार कक्ष आइसियु पनि नियमित रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । आइसियु सञ्चालनका लागि भेन्टिलेटर अत्यावश्यक भएको उहाँले बताउनुभयो । आगामी असारसम्ममा पाँच श्ययाको आइसियु तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
शुक्रबार, फाल्गुन ९, २०८१
अमेरिकाले कृतिम फुडकलरमा प्रतिबन्ध लगायो, चुकन्दर, रातो मूला र रातो बन्दाको माग विश्वभर बढ्ने
बुधबार, फाल्गुन ७, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१