

-
रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो । शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ ।
जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । “मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन्”, प्रमुख केसीले भन्नुभयो । गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ । मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०