
-
भरतपुर । माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताउनुभयो ।
विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरिएको थियोे । २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ श्ययाको अस्पतालका रुपमा विकास गरिएको हो । माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय एमबीबीएस अध्ययन गरेका चिकित्सकद्वारा उपचार हुने भएपछि बिरामीको रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ । अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिनुभयो ।
“भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यही उपलब्ध छन्”, महतोले भन्नुभयो, “ठूलो सङ्ख्याको जनशक्तिले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । भौतिक अभाव र प्राविधिक अपूर्णता यहाँको सेवामा चुनौती नै छ ।” माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताउनुभयो । उहाँका अनुसार सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, पुस ७, २०७६


सम्बन्धित शीर्षकहरु
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९