

-
नेपालगञ्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभरि कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सन् २०२० सम्म सञ्चालन हुने कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा स्वीकार गरेको छ ।
भिजन ट्वान्टी–ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चस्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नाका साथै आँखा रेखदेखसम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष टण्डनले जानकारी दिनुभयो ।
नेपालमा आँखाका समस्या भएका नागरिकमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् भने ७२ प्रतिशत मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । आँखाका विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने पछिल्लो पटक गरिएको सर्वेक्षणले देखाएको छ ।
अध्यक्ष टण्डनका अनुसार नेपालका अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखापरेको छ । यही अवस्थालाई दृष्टिगत गरी सङ्घअन्तर्गतको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठवटा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसैबीच, शनिबार यहाँ आयोजित नेपाल नेत्र ज्योति सङ्घ, बाँकेको २६औँ जिल्ला सभामा नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा वार्षिक डेढ लाख आँखाका बिरामीको उपचार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । तथ्याङ्कअनुसार त्यस अवधिमा अस्पतालले साढे दुई लाख जनाको आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालमा प्रमुख कौशलकुमार वर्माका अनुसार ३३ वर्षको अवधिमा अस्पतालले झण्डै २१ लाख बिरामीको आँखा जाँच गरेको छ । यसका साथै अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरिएको शिविरमा १३ हजारभन्दा बढीको आँखा जाँच र ५०० जनाको शल्यक्रिया गरेको जनाइएको छ ।
तेत्तीस वर्षअघि (२०४३ फागनु ११ गते) १० श्ययाबाट शुरु भएको यो अस्पताल हाल २५० श्ययाको भएको छ । अस्पतालले पूर्णकालीन ओपीडी, पेयिङ क्लिनिक, फास्ट ट्र्याक शल्यक्रिया, औषधि र चस्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



