

-
बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासीले चार रोपनी चार आना जग्गा निःशुल्क प्रदान गरेका छन् । आठ जना जग्गाधनीले रु एक करोड २९ लाख मूल्य बराबरको जग्गा दिएको जग्गा व्यवस्थापन समितिका उपसंयोजक वसन्त केसीले बताउनुभयो ।
स्थानीय होमबहादुर घिमिरेले आठ आना, गजेन्द्र, नारायण, भरत, टीकाबहादुर, लालबहादुर, टोपकली र गजेन्द्र कसीले पनि आठ आनाका दरले जग्गा प्रदान गर्नुभएको हो । गजेन्द्रले स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दिएको समितिले जनाएको छ । “पहिले स्वास्थ्यचौकी रहेको ठाउँ अपुग हुने भएपछि जग्गाको खोजी भइरहेको थियो”, समितिका उपसंयोजक केसीले भन्नुभयो, “लामो प्रयास र छलफलपछि जग्गा व्यवस्थापन भएको छ, अब नयाँ मापदण्डअनुसारको भवन बन्ने निश्चित भयो ।”
जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ भएपछि वडा कार्यालयले पनि जग्गाको खोजीलाई तीव्र बनाएको थियो । शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामा समेत गरिएको छ । तत्कालै स्वास्थ्यचौकीलाई जग्गा नामसारी दिने र निर्माणस्थलमा सडकको मार्ग खोल्ने निर्णय भएको जग्गादाता भरत केसीले बताउनुभयो ।
“पहिले गाविस भवन बनाउँदा पनि जग्गा दिएका थियौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीलाई पनि अन्यत्र जग्गा नपाइएपछि हामीले नै दिने निर्णय ग¥यौँ ।” बेलैमा स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा र नगरले विशेष पहल लिनुपर्ने उहाँको भनाइ छ । हाल स्वास्थ्यचौकी रहेको १२ आना जग्गा पनि स्थानीयवासी कर्णबहादुर केसीले निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गाको टुङ्गो लागेसँगै आधुनिक स्वास्थ्यचौकी भवन निर्माणको काम अघि बढ्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।
जिल्लाका अधिकांश वडामा नयाँ मापदण्डअनुसारका स्वास्थ्यचौकी भवन निर्माण भइसकेको छ । कतिपय ठाउँमा जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माण हुन सकेको छैन । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९