

-
बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासीले चार रोपनी चार आना जग्गा निःशुल्क प्रदान गरेका छन् । आठ जना जग्गाधनीले रु एक करोड २९ लाख मूल्य बराबरको जग्गा दिएको जग्गा व्यवस्थापन समितिका उपसंयोजक वसन्त केसीले बताउनुभयो ।
स्थानीय होमबहादुर घिमिरेले आठ आना, गजेन्द्र, नारायण, भरत, टीकाबहादुर, लालबहादुर, टोपकली र गजेन्द्र कसीले पनि आठ आनाका दरले जग्गा प्रदान गर्नुभएको हो । गजेन्द्रले स्वास्थ्यचौकी जोड्ने सडकमार्गका लागि जग्गा दिएको समितिले जनाएको छ । “पहिले स्वास्थ्यचौकी रहेको ठाउँ अपुग हुने भएपछि जग्गाको खोजी भइरहेको थियो”, समितिका उपसंयोजक केसीले भन्नुभयो, “लामो प्रयास र छलफलपछि जग्गा व्यवस्थापन भएको छ, अब नयाँ मापदण्डअनुसारको भवन बन्ने निश्चित भयो ।”
जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ भएपछि वडा कार्यालयले पनि जग्गाको खोजीलाई तीव्र बनाएको थियो । शुक्रबार वडाको समन्वयमा जग्गा व्यवस्थापन समिति र जग्गादाताबीच लिखित मञ्जुरीनामा समेत गरिएको छ । तत्कालै स्वास्थ्यचौकीलाई जग्गा नामसारी दिने र निर्माणस्थलमा सडकको मार्ग खोल्ने निर्णय भएको जग्गादाता भरत केसीले बताउनुभयो ।
“पहिले गाविस भवन बनाउँदा पनि जग्गा दिएका थियौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीलाई पनि अन्यत्र जग्गा नपाइएपछि हामीले नै दिने निर्णय ग¥यौँ ।” बेलैमा स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा र नगरले विशेष पहल लिनुपर्ने उहाँको भनाइ छ । हाल स्वास्थ्यचौकी रहेको १२ आना जग्गा पनि स्थानीयवासी कर्णबहादुर केसीले निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गाको टुङ्गो लागेसँगै आधुनिक स्वास्थ्यचौकी भवन निर्माणको काम अघि बढ्ने कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।
जिल्लाका अधिकांश वडामा नयाँ मापदण्डअनुसारका स्वास्थ्यचौकी भवन निर्माण भइसकेको छ । कतिपय ठाउँमा जग्गा अभावकै कारण नयाँ स्वास्थ्यचौकी भवन निर्माण हुन सकेको छैन । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३



