

-
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाली सेनाले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्न सहकार्यको थालनी गरेका छन् ।
आज यहाँ आयोजना भएको हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने सो सेवा लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ ।
नगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले अस्पताल खोल्ने योजना बनाएको छ, त्यो तत्काल सम्भव छैन, त्यसैले अहिले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई आवश्यक सेवा दिने प्रयास गरेका छौँ ।”
प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताउनुभयो । नेपाली सेना स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार रहेको जानकारी दिनुभयो ।
पहिलो चरणमा एक करोड ५० लाख सहयोग
सोका लागि महानगरपालिकाले शुरुमा रु एक करोड ५० लाख अनुदान रकम उपलब्ध गराउनेछ । हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ । माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः रु एक करोड ५० लाख उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरपालिकाको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।
तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ । त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायत स्रोतसाधन थपेपछि सेवा विस्तार गर्दै लगिने कार्यक्रममा प्रधानसेनापति थापाले जानकारी गराउनुभयो । उक्त सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



