

-
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारका क्रममा ६० वर्षको उमेरमा मंगलबार उहाँको निधन भएको थियो । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज यहाँ विज्ञप्ति जारी गर्दै उहाँजस्तो कुशल नेतालाई गुमाउनु पर्दा दललाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।
नेपालको लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा स्व.ढुङ्गेलले पु-याउनुभएको योगदानको स्मरण गर्दै नेता खाँणले विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ “स्व ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै आन्दोलनमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनुभएको थियो । ” नेता ढुङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित हुनुहुन्थ्यो । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२