

-
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारका क्रममा ६० वर्षको उमेरमा मंगलबार उहाँको निधन भएको थियो । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज यहाँ विज्ञप्ति जारी गर्दै उहाँजस्तो कुशल नेतालाई गुमाउनु पर्दा दललाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।
नेपालको लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा स्व.ढुङ्गेलले पु-याउनुभएको योगदानको स्मरण गर्दै नेता खाँणले विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ “स्व ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै आन्दोलनमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनुभएको थियो । ” नेता ढुङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित हुनुहुन्थ्यो । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


