

-
काठमाडौँ । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।
नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।
महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गर्नुभएको थियो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९