

-
चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकी राखेको बा ५५ प ७४१४ नं को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई नालिमा पल्टिँएको थियो । दुर्घटनामा परी गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
सो गाडीका चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । चित्रसारीबाट सौराहातर्फ जाँदै गरेको ना ६ प ३९४५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नराखिएको नयाँ मोटरसाइकलले ठक्कर दिँदा ३९४५ नं को मोटरसाइकलका चालक घाइते भएका हुन । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


