

-
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ ।
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुु-याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुुरु गरेको हो ।
ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी हँकाइ, कानूूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वास लिएको छ ।
अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल÷कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।
महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुनेछ । पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ ।
त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुुभयो ।
अभियानको शुुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले मुुलुकमा सवारी दुुर्घटनाबाट वार्षिकरुपमा २ हजारको सङ्ख्यामा नागरिकले अकालमा ज्यान गुुमाउन परिरहेको बताउँदै सडक सुरक्षा न्यूूनीकरणका लागि तय गरिएको १२ विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी दिनुुभयो ।
नियम उल्लङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका गाउँलेभन्दा पढेलेखेका शहरियाबाटै सडक अनुशासन उल्लङ्घनका घटना बढी हुँदै आएको बताइएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ ।
सडक लेन अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाँक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ ।
सो अवसरमा उच्च शिक्षालय सङ्घका कावा अध्यक्ष युुवराज शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, अखिल नेपाल मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले महाशाखाको सचेतना अभियानलाई सम्पूर्ण ढङ्गबाट सहयोग पुु¥याइने प्रतिबद्धता जनाउनुुभयो ।
काठमाडौँ उपत्यकाका विभिन्न चोकको दृश्य हेर्न प्रयोग भइरहेको आकाशे पुललाई यात्रुुले प्रयोग गर्ने वातावरण मिलाउन तथा उपत्यकाभित्रका खोलाका कोरिडोरलाई तत्काल सुुधार गर्न सकिए यातायातको चाप व्यवस्थापन र दुुर्घटनामा न्यूनीकरण आउने उहाँहरुले बताउनुुभयो । सो अवसरमा नायब महानिरीक्षक थापाले महाशाखा मातहतका एकाइ प्रमुखलाई अभियानका सम्बन्धमा तयार पारिएको व्यानर हस्तान्तरण गरी कार्यक्रम शुुरु भएको घोषणा गर्नुुभएको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



