
-
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको ‘कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्यायसम्बन्धी बहुपक्षीय अन्तरक्रिया’ मा महासङ्घका इञ्चार्ज गौतमले ३१ लाख हेक्टर खेतीयोग्य जमीन अहिले तीन करोडमा टुक्र्रा हुँदै गरेकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महासङ्घका सहइञ्चार्ज तथा पूर्वमन्त्री सुनिलकुमार मानन्धरले ९० प्रतिशत साना किसानलाई उत्पादनमा प्रोत्साहन गराएर अघि बढाउन जरुरी भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बलरामप्रसाद बाँस्कोटाले नेपालमा बढी कार्बन उत्सर्जन भएर जलवायु परिवर्तन भएकाले साना किसानलाई कृषि क्षेत्रमा थप सक्षम बनाएर अघि बढाउन जरुरी छ भन्नुभयो ।
महासङ्घका अध्यक्ष भैरव रेग्मीले सरकारले किसानको सहयोगका लागि दिने भनेको अनुदान रकममा ६० प्रतिशत भष्टाचार हुने गरेको विचार राख्दै त्यससम्बन्धी कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कृषि उत्पादन बढाउन बीउबिजन, बजार व्यवस्थापन , कृषि अनुसन्धान केन्द्र र कृषि विश्वविद्यालयमा पनि सरकारले थप जोड दिनु आवश्यक देखिन्छ ।” महासङ्घ स्थायी समिति सदस्य नहेन्द्र खड्काले देशको अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगटेको कृषि क्षेत्रमा सुधारको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशमा खाद्य सम्प्रभुता अनिवार्य लागु गराउने वातावरण मिलाउँदै छाँै ।” भूमिहीन, सर्वहारा र मध्यमवर्गीय किसानको हितमा एकै किसिमको कृषि नियम लागु हुन जरुरी रहेको खड्काले बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि डा. विनोद शाहले नेपालबाट कसरी भोकमरी हटाउने र किसानको थप आयआर्जन बढाउने भन्ने सङ्घको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ कृषि क्षेत्रमा पुरुषका तुलनामा जुनसुकै स्थानका महिलाहरुका सहभागिता बढिरहेका हुँदा उहाँहरुले दिनभरि गर्ने कार्यभारमा सहयोग पु¥याउन घरघरका मानिसलाई आग्रह गर्दछु ।” मुलुकमा बढ्दै गएको जलवायु परिवर्तनका कारण पुराना जातजातिका बीउबिजन फल्न नसकेको डा शाहले बताउनुभयो । तीन दिनसम्म चल्ने अन्तरक्रियापछि प्राप्त सुझाव कृषि तथा पशुपन्छीमन्त्रीलाई बुझाइने जनाइएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९