

-
काठमाडौँ । नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गर्नुभएको थियो ।
काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको थापाथलीस्थित सम्मेलनमा सहभागी भएका बेला उहाँहरुलाई गिरफ्तार गरिएको थियो । प्रधानमन्त्री बिपीले सम्मेलनको उद्घाटन गरी सम्बोधन गर्ने पालो थियो, ठीक त्यही बेला सैनिक उच्च अधिकारी समरराज कुँवर र सुरेन्द्रबहादुर शाह नेतृत्वको सेनाको टोलीले बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रलगायतलाई गिरफ्तार गरेको थियो ।
उहाँहरुलाई शुरुमा सिंहदरबारमा र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बिपीले धेरै साहित्यको रचना गर्नुभएको थियो ।
बिपी प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै राजालाई मन नपरेको काँग्रेस नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेत बताउनुहुन्छ । दरबारले तत्कालीन सरकारलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा काम गर्न बाधा पु¥याउँदै आएकाले राजा र प्रधानमन्त्रीबीच सम्बन्ध बिग्रँदै गएको उहाँ स्मरण गर्नुहुन्छ । काँग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन दरबारबाट विभिन्न काण्ड गराइएको थियो । यही परिस्थितिको उत्कर्षका रुपमा २०१७ साल पुस १ गतेको घटना भएकोे थियो ।
इतिहासकार बस्नेत भन्नुहुन्छ, “स्थिर प्रजातन्त्रान्त्रिक शासन व्यवस्था र विकास निर्माणको द्रुत गतिमा अघि बढेको मुलुक यस घटनापछि विपरीत दिशामा गयो । विकास निर्माण र समाज परिवर्तनका कार्य अवरुद्ध भए, वृद्धि हँुदै गएको विदेशी सहयोग पनि प्रभावित भयो ।” दलहरुमाथि प्रतिबन्धपछि अधिकांश नेताहरु कि जेलमा कि निर्वासनमा जान बाध्य हुनुप¥यो ।
त्यसपछि प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक हिंसात्मक–अहिंसात्मक आन्दोलन, जनमतसङ्ग्रह, सत्याग्रह आदि भयो । अन्ततः काँग्रेसको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भयो र तीन दशकपछि मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


