

-
इनरुवा । ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई आज प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
प्रहरीले अदालतमा उपस्थित गराएकामा अदालतले थप अनुुसन्धानका लागि गिरीलाई सात दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताउनुभयो ।
अदालतले यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद दिइसकेको छ । अदालतले सिद्धबाबालाई आजबाट लागू हुने गरी थप भएको सात दिनमा प्रहरीलाई पुनः अदालतमा उपस्थित गराउन भनिएको छ ।
अदालतले गिरीलाई पुनः सात दिनको म्याद थप गरेपछि उहाँलाई अदालतको आदेशबमोजिम तत्कालका लागि विराट नर्सिङ होममै पठाइएको सुनसरीका प्रनाउ शर्माले बताउनुभयो । यसअघि प्रहरीले तीन दिनको म्यादसँगै गिरीको मुद्दा अदालत समक्ष बुझाउने बताएको थियो । सोहीअनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पुरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेश गरिएकामा अदालतबाट सात दिनको म्याद प्राप्त भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२ -
आइतबार साँझ आएको हावाहुरीले उदयपुरमा २ जनाको..
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



