

-
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३



