

-
डोटी । दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार प्रविधि शुरु गरिएको छ । जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरिएको छ ।
लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको भीड हुने गरेको छ । कार्यालयका कविराज विद्या घिमिरे देउवाले भन्नुभयो, “रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए भने रकम भएकाहरु धेरै टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए, अहिले हामीले घरैमा सेवा दिन थालेपछि उनीहरुको चाप बढेको हो ।”
जिल्ला आयुर्वेदका कविराज विद्या घिमिरे देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी भएको आफूले पाएको बताउनुभयो । उहाँले थप भन्नुभयो, “हामी कहाँ परीक्षण गराउन आउने अधिकांशमा पत्थरी तथा करीब ३५ देखि ४० प्रतिशत बाथरोगका बिरामी भेटिन्छन् ।”
पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिक रुपमा सुधार हुँदै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएको वर्षांै भइसकेको थियो उपचार गराउन पाएकी थिएन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको र निको भएको महसुस गरेकी छु ।”
कठायत जस्तै अर्का बाथरोगी गणेश साहुले पनि आफूले पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर, ढाड दुख्ने समस्या निको हुन थालेको बताउनुभयो । कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधि भनेको तेल, विभिन्न जडीबुडी, घृत तथा मह पकाएर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो । यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो ।
News Desk 0 response शनिबार, मंसिर २८, २०७६
यो प्रविधि लागू भएपछि अहिले बाथरोगीहरुको उक्त कार्यालयमा दैनिक १५ देखि २० जनासम्मको भीड लाग्ने गरेको बताइएको छ । बाथरोग वंशाणुगत क्रमले सर्ने भएकाले उपचार पश्चात् बाथरोग पूर्ण तया निको हुने सो कार्यालयका वैद्य विजक्रम कठायतको दाबी छ । बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखि एक वर्षसम्म समय लाग्न सक्नेसमेत उहाँको भनाइ छ । रासस


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
शुक्रबार, फाल्गुन ९, २०८१
अमेरिकाले कृतिम फुडकलरमा प्रतिबन्ध लगायो, चुकन्दर, रातो मूला र रातो बन्दाको माग विश्वभर बढ्ने
बुधबार, फाल्गुन ७, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१