

-
बेझाड । नियमित योगाभ्यास गर्न थालेपछि रामपुरकी ३० वर्षीया भगवती गौतमलाई टाउको दुख्ने, हाडजोर्नी दुख्नेजस्ता समस्या कम हुँदै गएको छ । औषधोपचारका निम्ति भरतपुर, बुटवल, काठमाडौँलगायतका विभिन्न ठाउँमा पुग्नुभयो । धेरै ठाउँमा उपचार गर्नुभयो तर निको हुन सकेन । सास रहुञ्जेल आश रहन्छ भनेझैँ अस्पतालको औषधिले निको नभएपछि गाउँमै सञ्चालन भइरहेको योगअभ्यास कक्षामा सहभागी हुनुभयो । नियमितरुपमा योगअभ्यास गर्दै जाँदा अहिले उहाँलाई टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्ट्रिकजस्ता रोग निको हँुदै गएका छन् ।
“औषधोपचारका लागि धेरै अस्पतालमा पुगे, ब्यथा निको भएन, घर नजिकै योगअभ्यास कक्षा बिहानमा चलिरहेको छ, योग गरे सञ्चो हुन्छ कि भनेर जान थाले, तीन महिना भयो बिहानमा नियमित योग गर्न थालेको अहिले टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्ट्रिक धेरै कम भएको छ”, उहाँले भन्नुभयो । नियमित योगाभ्यासले रोग कम हुँदै गएपछि उहाँले अस्पतालका औषधि प्रयोग गर्न छाड्नुभएको छ ।
उहाँको जस्तै ५९ वर्षीया तीर्थामाया ढकालको पनि समस्या उस्तै थियो । उहाँ पनि टाउको दुख्ने, ग्याष्ट्रिकजस्ता रोगले पीडित हुनुहुन्थ्यो । औषधोपचारका लागि धेरै अस्पतालमा धाउनुभयो तर ब्यथा भने ज्यूँका त्यूँनै रह्यो । ढल्कँदो उमेर त्यसमा पनि रोगले सताएर पीडित बन्नुभएकी ढकालले योगाभ्यास गरे निको हुन्छ कि भनेर योग गर्न थाल्नुभयो । योग गर्दै जाँदा अहिले रोगबाट मुक्त हुनुहुन्छ ।
प्रेसरको पीडामा रहनुभएका कृष्ण तिवारी पनि योाअभ्यास गरे रोग निको हुन्छ भनेर सुनेपछि योग गर्न थाल्नुभयो । नियमित योग गर्न थालेपछि प्रेसर, ग्याष्ट्रिक रोग निको हुँदै गएको उहाँ बताउनुहुन्छ । योगाभ्यासले शरीरको रोग निको, शरीर फुर्तिलो हुँदै जाँदा काममा जोस जाँगर बढेको तिवारीले बताउनुभयो । रामपुर नगरपालिका–५ स्थित रेशम सभाहलमा बिहान ५ बजेदेखि ६ः३० बजेसम्म दैनिक नियमित योगअभ्यास कक्षा सञ्चालन भइरहेको छ । यहाँ बालबालिका, युवायुवती, ज्येष्ठ नागरिकको सहभागिता रहेको छ ।
बिहानमा नियमित योग गरेपछि दिनभर कार्यालयको काम, घरको कामको थकान नै मेटिएको योगाभ्यासमा सहभागी युवा गोविन भट्टराईको अनुभव छ । योगाभ्यास कक्षामा ४५ जना आबद्धमध्ये दैनिक ३० नियमित उपस्थिति हुने गरेका रामपुर पतञ्जलि योगअभ्यास समितिका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार प्रतिव्यक्ति मासिक रु ५० लिने गरिएको छ ।
“जाडोयाममा हलभित्र कार्पेटको समस्या, खुल्ला झ्याल रहेकाले चिसोका कारण गर्मीयामको तुलनामा नियमित योगाभ्यास गर्न आउनेको उपस्थिति कम छ”, उहाँले भन्नुभयो । नगरपालिकाका दशवटै वडा, टोल बस्तीमा योगाभ्यास चलाउने योजना समितिले बनाएको छ । नगरपालिकाले योगाभ्यास गर्ने भवन, हलको व्यवस्थापन गरिदिए प्रत्येक वडा, गाउँ, टोल बस्तीमा गएर नियमित योग कक्षा सञ्चालन गर्ने तयारी रहेको रामपुर पतञ्जलि योग समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



