

-
बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलाञ्चोकको आज यहाँ आयोजित पाँचौँ जिल्ला बाल भेलामा उहाँले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले अहिले पनि गाउँका कलेजहरु छोरीबुहारी पढ्ने थलो मात्रै भएको उल्लेख गर्नुभयो । बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरुले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको मन्त्री बाँस्कोटाको भनाइ छ । “बालबालिकाको ज्ञान र क्षमता भर्ने कुरा परिवारबाट नै हुने र बालबालिकालाई पढेर मात्रै नभई बाहिरी ज्ञानले पनि थप निपुण बनाउने भएकाले अभिभावकले त्यसतर्फ ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
सो क्रममा मन्त्री बाँस्कोटाले गैरसरकारी सङ्घसंस्थाले समाज चलाउने नभई समन्वय मात्रै गर्ने भएकाले बालबालिकालाई त्यसको मात्रै भर नपर्न आग्रह गर्दै सिक्दै गरेका जीवन कलाको अनुभवका आधारमा भोलिको बाटो तय हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले धेरै चीजमा समाज बदलिसकेको उल्लेख गर्दै विगतमा जे जसरी बालापन बिते पनि अबको समयमा आम बालबालिकालाई अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउन सुझाव दिनुभयो ।
शिक्षा, ज्ञान, चेतना, अधिकार, बोल्न सक्ने र बोल्न पाउने तथा कमाउन पाउनेलगायत संविधानले मानव अधिकारको सुनिश्चित गरिसकेको हुँदा त्यहीभित्र बाल र महिला अधिकार पर्ने भएकाले सरकारको मात्रै आलोचना गर्ने नभई त्यसको पूर्ण पालनामा ध्यान दिन मन्त्री बाँस्कोटाले सबैमा आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँले बालबालिकालाई आजैबाट जिम्मेवार बनाउन सकेमा मात्रै भोलिका कर्णधार बन्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले जीवनलाई चलायमान बनाउन सुझाव दिनुहुँदै ठूलालाई भन्दा पनि श्रमप्रति सम्मान गर्न सिक्नुपर्ने र पछिल्लो समयमा समाजमा छाडापन बढ्दै गएकाले सोच्ने तरिकामा बदल्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य चन्द्र लामाले देशको भूराजनीतिक अवस्थालाई अङ्गीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भूगोलको हिसाबले सबैलाई समेट्ने खालको नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगरभित्र १५० भन्दा बढी बाल क्लबहरु गठन गरी त्यसको नियमित बैठक बस्ने र बाल क्लबले तर्जुमा गरेका १४ वटा योजना सञ्चालन भइरहेको बताउनुभयो । सो क्रममा उहाँले बाल क्लब र बाल सञ्जालको कामसँगसँगै आफ्नो पढाइलाई पनि अगाडि बढाउन सुझाव दिनुभयो । कार्यक्रममा बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै अधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम र सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । रासस
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


