

-
जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताउनुभयो ।
शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८० जना सर्जनसहितको टोली, ११० जना अन्य स्वास्थ्यकर्मी तथा अन्य विभिन्न स्वास्थ्यकर्मीको टोली सहभागी रहेको छ । शिविरमा पेट तथा छाती रोग, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, छाला तथा यौन रोग, नसा तथा हार्डजोर्नी रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, दाँत रोगलगायत बहिरङ्ग सेवाको निःशुल्क उपचार हुनेछन् ।
त्यस्तै पित्तथैलीसम्बन्धी पत्थरी, पिसाबथैली तथा मिर्गौला, नाक, कान तथा घाँटी, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र अन्य शल्यक्रियासमेत निःशुल्क रुपमा हुने शिविर संयोजक डा यादवले बताउनुभयो । शिविरमा फिजियोथेरापी, प्याथोलोजी सेवा, भिडियो एक्स–रे र एक्स–रे सेवा पनि निःशुल्क रुपमा प्रदान गरिने जनाइएको छ । औषधिलगायत अन्य खर्चका लागि नेपाल सरकारको रु ७० लाख तथा पूर्व राज्यमन्त्री डा यादवको संसदीय विकास कोषको रु २० लाख गरी रु ९० लाख खर्च गरिने बताइएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



