

-
जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताउनुभयो ।
शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८० जना सर्जनसहितको टोली, ११० जना अन्य स्वास्थ्यकर्मी तथा अन्य विभिन्न स्वास्थ्यकर्मीको टोली सहभागी रहेको छ । शिविरमा पेट तथा छाती रोग, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, छाला तथा यौन रोग, नसा तथा हार्डजोर्नी रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, दाँत रोगलगायत बहिरङ्ग सेवाको निःशुल्क उपचार हुनेछन् ।
त्यस्तै पित्तथैलीसम्बन्धी पत्थरी, पिसाबथैली तथा मिर्गौला, नाक, कान तथा घाँटी, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र अन्य शल्यक्रियासमेत निःशुल्क रुपमा हुने शिविर संयोजक डा यादवले बताउनुभयो । शिविरमा फिजियोथेरापी, प्याथोलोजी सेवा, भिडियो एक्स–रे र एक्स–रे सेवा पनि निःशुल्क रुपमा प्रदान गरिने जनाइएको छ । औषधिलगायत अन्य खर्चका लागि नेपाल सरकारको रु ७० लाख तथा पूर्व राज्यमन्त्री डा यादवको संसदीय विकास कोषको रु २० लाख गरी रु ९० लाख खर्च गरिने बताइएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९