

-
बनेपा । प्रदेश नं ३ सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई अगाडि सारेसँगै महाभारत गाउँपालिका–१ गोकुलेस्थित गोकुले माविमा नर्सद्वारा सेवा शुरु गरिएको छ ।
प्रदेश नं ३ सरकारले एक विद्यालय एक नर्सको अभियान थालनी गरेपछि अहिले नमूनाका रूपमा एक पालिकाभित्रको एउटा माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गरेर सेवा थालनी गरिएको हो । सोहीअनुरूप महाभारत गाउँपालिकाले गोकुले माविमा एक महिना अगाडिदेखि नर्सको नियुक्ति पाएर काम थालनी गरिसकेको छ । नर्स एञ्जिला श्रेष्ठले गत कात्तिक २० गतेदेखि नियुक्ति पाएर काम शुरु गरेको बताउनुभयो ।
नमूनाका रूपमा सो विद्यालयमा शुरु भएको अभियानमा अहिले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका लागि परामर्श दिइरहेको र दैनिक कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । “स्वास्थ्य बारे सचेत गराउनुका साथै खानपिनमा विशेषगरी ‘जङ्क फुड’ (पत्रु खाना) नखान विद्यार्थीलाई कक्षामा प्रशिक्षण दिने तयारीमा छु”, उहाँले भन्नुभयो ।
त्यससँगै मनोवैज्ञानिकरूपमा ‘काउन्सिलिङ’ गर्नुपर्ने भएकाले त्यस विषयमा पनि विस्तारै प्रक्रिया अगाडि बढाइरहेको श्रेष्ठले बताउनुभयो । उहाँले अहिले दाँत सफा गर्न सल्लाह दिने, कपाल नकोरी विद्यालय आउनेलाई सुझाव दिने र हात धुने तरिकादेखि पूर्ण सरसफाइमा ध्यान दिन लगाउने खालको काममा केन्द्रित भएको बताउनुभयो । साना कक्षाका विद्यार्थीका लागि आफैँले प्रदर्शन गरेर देखाउने र गरिसकेका विद्यार्थीलाई उदाहरणका रूपमा प्रस्तुत गरेर स्वच्छ र पूर्ण सरसफाइमा उत्प्रेरित गराउने काम गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।
उहाँले विद्यार्थीको हातखुट्टालगायतका शरीरका विभिन्न ठाउँमा आएका घाउ खटिराको ‘ड्रेसिङ’ गर्ने काम गर्दै आउनुभएको छ । अरु थप उपचारलगायतका सामग्री भने गाउँपालिका स्वास्थ्य शाखाबाट गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले सामग्री प्राप्त नभइञ्जेलसम्मका लागि विद्यालयमा नै भएको प्राथमिक उपचार बाकसमा भएका सामग्री प्रयोग गरी आवश्यक गर्नुपर्ने काम गरिरहेको बताउनुभयो । स्वास्थ्यसम्बन्धी प्रशिक्षणका कक्षा सञ्चालन गर्ने र अन्य थप कक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विद्यालयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी सामग्री छिट्टै उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो । “प्रदेश सरकारबाट नर्सको व्यवस्था भइसकेको छ, अब हामी पालिकाबाट गर्नुपर्ने औषधि उपकरणको व्यवस्थापनको काममा छिट्टै लाग्नेछौँ,” जिम्बाले भन्नुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८० -
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०