-
दमौली । तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ ।
सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता ईश्वरप्रसाद पाण्डेको परिवारलाई सम्मान गर्नुभयो । स्थानीयवासी ईश्वरप्रसाद पाण्डे र चिजामाया पाण्डेले भवन निर्माणका लागि पाँच रोपनी जग्गा दान दिनुभएको थियो ।
भवनबाट सेवासमेत शुरु भइसकेको स्वास्थ्य चौकीका प्रमुख सागर तिवारीले जानकारी दिनुभयो । यो भवनमा बर्थिङ सेन्टर सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउँदै उहाँले स्वास्थ्य चौकीमा दैनिक १५ भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

सोमवार, साउन १८, २०८३