

-
बेझाड । पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान गरिएको छ ।
नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुङ्गानाका अनुसार बुधबार सम्पन्न सो शिविरमा ५०७ ले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच गराएका ३४८ मध्ये १३१ मा पाठेघरसम्बन्धी सङ्क्रमण देखिएका छन् । उनीहरुलाई औषधि वितरण गरिएको छ । त्यस्तै पाठेघर खस्ने समस्या देखिएका ३१ मध्ये पाँचको शल्यक्रिया गर्नुपर्ने र २६ जनामा रिङ राख्नुपर्ने देखिएका छन् । क्यान्सरको जोखिममा रहेका एक जनालाई आवश्यक उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको छ ।
यसैगरी स्तन परीक्षण गरिएको दुई सयमध्ये नौ जनामा असामान्य अवस्था देखिएपछि थप उपचारका लागि सल्लाह दिइएको छ । मुखको जाँच गरिएको एक सय ७८ मध्ये आठको अवस्था उच्च जोखिममा रहेको र त्यसमध्ये दुई जनामा क्यान्सर हुन सक्ने सम्भावना देखिएका हुँदा दुबै जनालाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन सल्लाह दिएको संयोजक ढुङ्गानाले जानकारी दिनुभयो ।
बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीसहितको टोलीले सेवा दिएको थियो । रासस
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९