

-
लमही । यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो ।
गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । गत वर्षको अधुरो भवनको भौतिक निर्माण सम्पन्न गर्न रकम विनोयोजन गरिएको निर्वाचन क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै लमही आँखा अस्पतालको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएसँगै कर्मचारी आवास भवन निर्माण शुरु गरिएको र सो रकम यस आर्थिक वर्षमा पनि भवनमा लगाउने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । अस्पतालमा भौतिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र अब कर्मचारी भवन निर्माणसँगै कर्मचारीलाई पनि आवासका लागि सहज हुने अस्पतालले जनाएको छ ।
त्यसैबीच लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष विमबहादुर केसीमा बसेको बैठकले निर्माणाधीन भवन निर्माणलाई पूरा गर्न भवन निर्माण समिति गठन गरेको छ । सङ्घका सदस्य तिलकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।
त्यस्तै नेपाल नेत्रज्योति सङ्घ दाङले बजेट विनियोजनमा सहयोग गर्ने यस क्षेत्रका सम्पूर्ण संसादलाई धन्यवाद दिएको छ । सङ्घका सभापति कृष्णकुमार गिरीले संस्थाको भौतिक विकास तथा आँखा स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको हो । “हाम्रो अभियान भनेको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ र भौतिक तथा सबै किसिमले आँखा अस्पताललाई सम्पन्न गर्ने हो यसमा साथ र सहयोग गर्नुहुने सबैमा सङ्घले आभार प्रकट गर्दछ”, उहाँले भन्नुभयो । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



