

-
डोटी । एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ । पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्याङ्क हेर्दा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ एचआइभी सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा एचआइभी सङ्क्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ ।” जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका सङ्क्रमित अन्य स्वस्थ मानिससरह रहेका उहाँले जानकारी दिनुभयो ।
राज्यले एचआईभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुखःमा पर्ने गरेका सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका त्यस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।” पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी सङ्क्रमित रमा कुँवरले गर्नुभयो ।
सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताउनुभयो । त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, २०६६/६७ मा ९३, २०६७/६८ मा १३०, २०६८/६९ मा ९९, २०६९/७० मा ८६, २०७०/७१ मा ८१, २०७१/७२ मा ७३, २०७२/७३ मा ६६ र आव २०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।
उक्त तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बढी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



