

-
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आज सम्पन्न बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय पनि गरेको छ । सोबारे सचिवालयका सदस्यको सुझावका आधारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सचिवालय बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सो विभागका प्रमुख वामदेव गौतमले आफ्नो कार्ययोजनाबारे सचिवालयले अनुमति नदिएर देशव्यापी अभियान सञ्चालन गर्न नपाइएको बताउँदै आउनुभएको छ । बैठकले नेता गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पनि पेस गर्ने आजको बैठकले निर्णय गरेको छ ।
विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तत्कालीक कार्यनीति समाजवादउन्मुख जनवाद रहने समावेश हुनेछ । पार्टी एकताका क्रममा भएको सहमतिमा जनताको बहुदलीय जनवाद र एक्काइशौँ शताब्दीको जनवादलाई मानेर बहस गर्दै जाने उल्लेख थियो ।
यसैगरी पार्टीमा उपत्यका विशेष जिल्ला कमिटी गठनको व्यवस्था विधानमा थप हुनेछ । आजको बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षाका लागि यसअघिको बैठकले दिएको निर्देशनअनुसार सबै तहका कमिटीबाट पूर्ण प्रतिवेदन प्राप्त नभएकाले प्रतिवेदनका पाँच दिनभित्र अनिवार्य पेश गर्न निर्देश गरेको छ ।
यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सातदिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न बैठकले आग्रह गरेको छ भने सचिवालयको अर्काे बैठकले यही मङ्सिर २७ र स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेका लागि तय गरेको छ । स्थायी कमिटीको बैठक झण्डै एक वर्षपछि बस्न लागेको हो । गत वर्षको स्थायी कमिटीको बैठकमा सरकारको समीक्षालगायतका कार्यसूची थाँती रहेका थिए । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


