

-
बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् । कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ”, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भन्नुभयो ।
दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए ।
लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।
आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ । आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१