

-
चौतारा । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याव भवनबाटै सञ्चालन हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट नवनिर्मित भवन क्षतिग्रस्त भएपछि विदेशी संस्थाद्वारा निर्मित तीन वटा प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन हुँदै आएको हो ।
हालको १५ श्ययालाई स्तरोन्नति गरी ५० श्ययाको अस्पतालको नयाँ भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ सालको पहिलो महिनाबाट काम शुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभयो । विविध कारणले क्षतिग्रस्त भग्नावशेष पन्छाउन एक वर्ष ढिला भएकाले हालै मात्र ‘साइट’ सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भएपछि प्राविधिकद्वारा माटो परीक्षण हुने र त्यसपछि मात्र अनुमानित योजना बनाइने हँुदा त्यसको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चिनियाँ पक्षसँग समन्वय भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेको अवस्थामा काम गर्न असहज नभए पनि सुविधा सम्पन्न भवन निर्माण भएपछि बिरामीलाई अझ बढी सहज हुने अस्पतालका डा सविना देवकोटाले बताउनुभयो । चिनियाँ सरकारले तातोपानी नाका, जिल्ला अस्पताल र दोलखाको जिरी उच्च मावि भवनको पुनःनिर्माण गर्न २०७४ साल चैत १ गते अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु–होङबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार चीन सरकारले तीन विलियन युआनअर्थात् करिब रु ५० अर्ब सहयोग उपलब्ध हुनेछ ।
स्थापनाकालमा हेल्थ सेक्टरका रुपमा रहेको उक्त स्वास्थ्य संस्था २०३० को दशकमा नँया भवन निर्माण भएसँगै १५ श्ययाको अस्पतालमा परिणत भएको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादीको आक्रमणबाट अस्पताल ध्वस्त भएको थियो । त्यसको केही वर्षपछि सुविधा सम्पन्न भवन निर्माण भए पनि सञ्चालनमा आएको केही वर्ष नबित्दै विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि खुलाचौरमा पालबाट सञ्चालन हुँदै आएकोमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा निर्मित प्रि–फ्याव भवनबाट सञ्चालन हुँदै आएको पनि लामो समय बितिसकेको अस्पतालका कर्मचारीले बताएका छन् । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३



