

-
चौतारा । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याव भवनबाटै सञ्चालन हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट नवनिर्मित भवन क्षतिग्रस्त भएपछि विदेशी संस्थाद्वारा निर्मित तीन वटा प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन हुँदै आएको हो ।
हालको १५ श्ययालाई स्तरोन्नति गरी ५० श्ययाको अस्पतालको नयाँ भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ सालको पहिलो महिनाबाट काम शुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभयो । विविध कारणले क्षतिग्रस्त भग्नावशेष पन्छाउन एक वर्ष ढिला भएकाले हालै मात्र ‘साइट’ सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भएपछि प्राविधिकद्वारा माटो परीक्षण हुने र त्यसपछि मात्र अनुमानित योजना बनाइने हँुदा त्यसको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चिनियाँ पक्षसँग समन्वय भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेको अवस्थामा काम गर्न असहज नभए पनि सुविधा सम्पन्न भवन निर्माण भएपछि बिरामीलाई अझ बढी सहज हुने अस्पतालका डा सविना देवकोटाले बताउनुभयो । चिनियाँ सरकारले तातोपानी नाका, जिल्ला अस्पताल र दोलखाको जिरी उच्च मावि भवनको पुनःनिर्माण गर्न २०७४ साल चैत १ गते अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु–होङबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार चीन सरकारले तीन विलियन युआनअर्थात् करिब रु ५० अर्ब सहयोग उपलब्ध हुनेछ ।
स्थापनाकालमा हेल्थ सेक्टरका रुपमा रहेको उक्त स्वास्थ्य संस्था २०३० को दशकमा नँया भवन निर्माण भएसँगै १५ श्ययाको अस्पतालमा परिणत भएको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादीको आक्रमणबाट अस्पताल ध्वस्त भएको थियो । त्यसको केही वर्षपछि सुविधा सम्पन्न भवन निर्माण भए पनि सञ्चालनमा आएको केही वर्ष नबित्दै विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि खुलाचौरमा पालबाट सञ्चालन हुँदै आएकोमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा निर्मित प्रि–फ्याव भवनबाट सञ्चालन हुँदै आएको पनि लामो समय बितिसकेको अस्पतालका कर्मचारीले बताएका छन् । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९