

-
वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
“स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “उहाँहरुको योगदानलाई आगामी दिनमा थप प्रोत्साहन दिन गाउँपालिकाले आगामी हिउँदे सभाबाट निर्णय गरी सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।” फेदीखोला गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभरुपमा स्वास्थ्यसेवा पु¥याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो ।
फेदीखोला गाउँपालिकाले १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसमा वर्षभरिको कार्यसम्पादन तथा सम्बन्धित स्वास्थ्यचौकीको मूल्याङ्कन गर्दै चार जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक खिलप्रसाद पौडेलले बताउनुभयो ।
यस वर्ष फेदीखोला स्वास्थ्यचौकीकी स्वयंसेविका प्रेमकुमारी सुवेदी, आरुखर्क स्वास्थ्यचौकीकी स्वयंसेविका डबलकुमारी गुरुङ, भाटखोला स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका मिठू थापा र बाङ्गेफड्के स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका टीकाश्री गुरुङ सम्मानित हुनुभएको फेदीखोला गाउँपालिकाले जनाएको छ । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९