

-
काठमाडौँ । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो ।
मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको थियो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो ।
मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । सुन्दरीजलमा बन्ने भनिएको दुई प्रशोधन केन्द्रमध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेमा दुवै प्रशोधन केन्द्रमा बराबर (साढे आठ करोड लिटर) प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नुअघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।
सम्पन्न भइसकेको प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको समितिले जनाएको छ । याङ्ग्री र लार्केखोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त स्थानमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई प्रशोधन केन्द्र सम्पन्न भएपछि अर्काे प्रशोधन केन्द्र निर्माण शुरु हुनेछ ।” रासस
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



