

-
काठमाडौँ । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो ।
मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको थियो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो ।
मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । सुन्दरीजलमा बन्ने भनिएको दुई प्रशोधन केन्द्रमध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेमा दुवै प्रशोधन केन्द्रमा बराबर (साढे आठ करोड लिटर) प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नुअघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।
सम्पन्न भइसकेको प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको समितिले जनाएको छ । याङ्ग्री र लार्केखोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त स्थानमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई प्रशोधन केन्द्र सम्पन्न भएपछि अर्काे प्रशोधन केन्द्र निर्माण शुरु हुनेछ ।” रासस
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



