

-
दैलेख । महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ । मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ । यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।
महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिनुभयो ।
उहाँले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रहरी भर्ना गर्दै गुराँस गाउँपालिका
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९ -
मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध
शुक्रबार, माघ १३, २०७९ -
किन भारत लगिँदै थियो एक सय एक..
शुक्रबार, माघ १३, २०७९ -
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो
शुक्रबार, माघ १३, २०७९
-
प्रहरी भर्ना गर्दै गुराँस गाउँपालिका
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९ -
मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध
शुक्रबार, माघ १३, २०७९ -
किन भारत लगिँदै थियो एक सय एक..
शुक्रबार, माघ १३, २०७९ -
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९