

अध्यक्षले महाप्रबन्धकलाई हटाउने, महाप्रबन्धकले अध्यक्ष मिल्काउने
यामकुमारी खतिवडा ४ वर्षदेखि उद्योगमै छिन् । यही मातहतमा छ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड । त्यहाँ अध्यक्षले महाप्रबन्धकलाई हटाउने, महाप्रबन्धकले अध्यक्ष मिल्काउने खेल चलेको छ । अनुगमनका नाममा बजारतिर निस्कने, व्यापारीलाई त्राहिमाम पारेर असुलउपर गर्ने त्रासका बीच उपभोक्तावादीदेखि कर्मचारीमाथि डण्डा बर्सने अनुमानविपरित हाकिमले प्रतिवेदन घर्रामुनि थन्काइदिएका छन् ।
-
काठमाडौ ।
यामकुमारी खतिवडा ४ वर्षदेखि उद्योगमै छिन् । यही मातहतमा छ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड । त्यहाँ अध्यक्षले महाप्रबन्धकलाई हटाउने, महाप्रबन्धकले अध्यक्ष मिल्काउने खेल चलेको छ । अनुगमनका नाममा बजारतिर निस्कने, व्यापारीलाई त्राहिमाम पारेर असुलउपर गर्ने त्रासका बीच उपभोक्तावादीदेखि कर्मचारीमाथि डण्डा बर्सने अनुमानविपरित हाकिमले प्रतिवेदन घर्रामुनि थन्काइदिएका छन् । अनुगमनमा निस्किएका उपभोक्तावादी प्रेमलाल महर्जन, बिमला खनाल, माधव तिमिल्सिना र कर्मचारी लक्ष्मण श्रेष्ठ (हाल कृषि विभाग), हरिनारायण बेल्वासे (कलैया उपमहानगर)लगायतको मिलेमतोमा उठाइएको किलोभन्दा बढी सुन हिनामिना भएको गुनासो चुलिएसँगै यसअघिका महानिर्देशक योगेन्द्र गौचनले भगवान्लाल श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरे । जसले अघिल्लो साता मात्र नयाँ हाकिम नेत्र सुवेदी (प्रयास)लाई प्रतिवेदन बुझायो तर उनले प्रतिवेदन थन्क्याइदिएका छन् । नेत्र चितवन महानगरबाट काजमा उपभोक्ता हित संरक्षण विभागमा तानिएका हुन् । एकैपटक दुई वटा सरकारी कार्यालय भ्याउँछन् । महानिर्देशकको रूपमा उपभोक्ता हित तथा संरक्षण विभाग सम्हाल्छन् । खाद्य संस्थान र नेशनल टे«डिङ मर्ज भएर बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पनि उनैले चलाउँछन् । विभागका कर्मचारीलाई हाकाहाकी भन्छन्, ‘चैतसम्म यहाँ रहने हो । यसपछि महावाणिज्यदूत बन्ने हो । म यहाँ रहुञ्जेल बजार अनुगमनको काम हुँदैन, विवादमा तानिने कुनै काम छुन्न ।’ सूचना खोज्दै बबरमहलस्थित कार्यालय पुग्ने सञ्चारकर्मीलाई समेत तुच्छ बचन लगाएर हकारी पठाउने गर्छन् ।
बालाजुस्थित गुणस्तर नियन्त्रण विभाग । हाकिम छन् विश्वबाबु पुडासैनी । निजामती सेवा नियमावलीअनुसार दुई वर्षको अन्तरालमा सरुवा हुनुपर्छ । तर, ५ वर्षदेखि अखडा जमाएर बसेका छन् । रामआधार साह काण्डमा परेपछि उनी महानिर्देशक तोकिए । यो बीचमा रामआधार मुद्दा–मामिला लागेर विज्ञान मन्त्रालयबाट जगेडा हुँदै प्रदेशको भौतिक योजना मन्त्रालयसम्म पुगे । त्यहाँ पनि कार्यालय सहयोगीमाथि यौनजन्य हिंसा गरेको आरोप खेपिरहेका छन् । अर्का जब्बर उपसचिव छन् रामकृष्ण पन्थी । ५ वर्षदेखि एउटै अड्डामा । सेटिङ कलामा निपुण । महालेखा नियन्त्रक गोपीकृष्ण मैनाली, दुनियाँलाई सदाचारको पाठ सिकाउँछन् । तर, उनैलाई प्रभावमा पारेर संघीय संसद् सचिवालयअन्तर्गत निर्माण तथा व्यवस्थापन कार्यालयमा डेरा जमाई बसेका छन् । उनीमाथि किन्दै नकिनेको मसलन्द प्रधानमन्त्री निवासदेखि शीतल निवाससम्म उपलब्ध गराएको किर्ते कागज बनाई असुली गरेको आरोपमा मन्त्रालयले छानबिन समिति बनाएको छ । पन्थीमाथि कारबाहीका लागि शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले गोपीनाथ मैनालीलाई तारन्तार फोन घुमाएका पनि हुन् ।
News Desk 0 response बुधबार, मंसिर १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


