

-
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
“म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । तपार्इँहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सबै मिलेर सेवाभावले काम गरौँ”, मन्त्री ढकालले थप्नुभयो, “अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु, त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।”अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने उहाँको भनाइ थियो । गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताउनुभयो ।
सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै उहाँले यसलाई कटौती गर्ने तयारीमा आफू रहेको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाएको छु, यो बेथिति रोक्ने काम गर्नेछु”, उहाँले थप्नुभयो, “बिरामीले औषधि महङ्गोमा किन्नुपरेको समेत जानकारी आएका कारण यसलाई पनि रोक्ने मेरो प्रयत्न रहने छ ।”भरतपुर अस्पतालको आफ्नो जमीन अरुलाई बाँडिसकेको प्रसङ्ग कोट्याउँदै उहाँले यो अस्पताल सम्पत्ति भएर सुकुम्वासी बाबुआमाजस्तो भएको बताउनुभयो । मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताउनुभयो । आफू कानूनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा बुझ्ने काम भइरहेको बताउँदै उहाँले चिकित्सा सेवालाई प्रभावकारी र सेवामुखी बनाउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरीटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, डा भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो ।
News Desk 0 response आइतवार, मंसिर १५, २०७६
गत वर्ष मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको हो । अस्पतालमा ६०० श्यया छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीले भरतपुर अस्पतालबाट सेवा लिँदै आएका छन् । रासस

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३



