

-
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका साथ छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता र विशिष्ट पाहुनाको सुरक्षा र सेवा प्रदान गर्ने यस विशेष अवस्थाको दायित्वलाई अवसरका रुपमा लिई सकारात्मक सन्देश जाने गरी स्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
उहाँले विमानस्थलमा हुनसक्ने अवैध तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कुनै कसर नराखी काम गर्नुपर्ने बताउनुभयो । निरीक्षणको क्रममा महानिरीक्षक खनालले विमानस्थलस्थित सुरक्षा उपकरण र साधनस्रोतको अवलोकन गरी यस सम्बन्धमा थप जानकारी लिनुभएको थियो । रासस
News Desk 0 response शनिबार, मंसिर १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


