

-
काठमाडौँ । मित्रराष्ट्र पाकिस्तानबाट चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका चिकित्सकहरुको सहभागितामा आज यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा भएको सो शिविरमा विभिन्न रोगको परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।
शिविरको उद्घाटनमा अवसरमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा(माले) का महासचिव सिपी मैनालीले बौद्ध सभ्यता नेपाल–पाकिस्तानबीच सम्बन्ध सेतुका रुपमा रहेको उल्लेख गर्दै पाकिस्तानमा हासिल गरेको शैक्षिक ज्ञानलाई स्वदेशमा उपयोग गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाएकामा नेपाली चिकित्सकलाई धन्यवाद दिनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्रराष्ट्र पाकिस्तानले नेपाली विद्यार्थीलाई चिकित्साशास्त्र, इन्जिनीयरिङजस्ता विषयमा छात्रवृत्ति प्रदान गरी ठूलो गुन लगाएको बताउँदै नेपालमा ज्येष्ठ नागरिक र शारीरिकरुपले अशक्तहरुका लागि छुट्टै अस्पतालको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालका लागि पास्कितानका राजदूत डा मजार जाभेदले नेपाल–पाकिस्तानबीच ६० वर्षदेखि रहँदै आएको मैत्री सम्बन्धलाई यस्ता स्वास्थ्य शिविरहरुले जनस्तरमा विस्तार गर्दै लैजान सहयोग पुगेको बताउनुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका महासचिव डा मञ्जुरत्न शाक्य, परोपकार संस्थाका महासचिव डा डम्बरबहादुर नेपाली, समाजवादी पार्टीका नेत्री रेखा यादवले पनि नेपाल–पाकिस्तान सम्बन्ध र स्वास्थ्य शिविरका बारेमा बोल्नुभएको थियो । सङ्घले ११ वर्षदेखि वर्षमा दुईपटक काठमाडौँ र धुलिखेलमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रासस
News Desk 0 response शनिबार, मंसिर १४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



