

-
काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । बिहानैदेखि मौसम सफा रहेका कारण मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न आएको देखिन्छ । सो क्षेत्रमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४ स्थित गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।
भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडाध्यक्षका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपले जारी छ । मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५.०३, हिलिहाङ गाउँपालिका–७ मा २०.१९ र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले जानकारी दिनुभयो ।बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ । विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।
गुल्मीको रुरु गाउँपालिका–६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान ७ बजेबाट नै मतदान शुरु भएको निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताउनुभयो । निर्वाचनका लागि एक मतदान केन्द्र र दुईवटा मतदानस्थल तोकिएको छ ।
प्रजिअ कोशहरि निरौलाका अनुसार मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्षको उपचुनावमा मतदान जारी रहँदा अमखोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम फेला परेको छ । बम विस्फोट हुनुअगाडि नै रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गराएको थियो ।
लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजीकै बम विस्फोट भएको छ । मतदान केन्द्रबाट २०० मिटर टाढा जङ्गलमा टाइम बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताउनुभयो । बम विस्फोट भए पनि कुनै क्षति भएको छैन ।
नवलपुरको बौदीकाली गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान सञ्चालन भइरहेको छ । निर्वाचनमा अहिलेसम्म २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा मतदान जारी छ । मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्षको निर्वाचन भएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले गोरखा माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताउनुभयो । रासस
News Desk 0 response शनिबार, मंसिर १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



